२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिउँमा फसेका सव–ईन्जिनियरको एक हप्तापछि उद्वार

हिँउमा फसेका सव–इन्जिनियरको एक हप्तापछि उद्वार गरिएको छ। गोठिचौर गाउँपालिका ३ जुम्ला स्थायी घर भई पूर्वाधार विकास कार्यालय डोल्पामा कार्यरत २८  सव–इन्जिनियर प्रकाश बुढाको एक हप्तापछि हेलिकप्टरबाट उद्वार गरिएको हो।

उपल्लोे डोल्पामा पर्ने धो ताक्सी राप हुँदै साल्दागँ सडक, सिमेन कोमास सडक, चीनको सिमानामा रहेको क्याटु धो सडक खण्डको अनुगमनको लागि उनी सदरमुकाम दुनैबाट बैशाख ६ गते गएका थिए। जाँदा अत्याधिक हिमपात भएपछि आफू हिउFमा फसेको सब इन्जिनियर बुढाले बताए।

बुढाले भने, ‘अनुगमनका क्रममा जाँदै गर्दा लगातार हिमपात भयो, जताततै ३ देखि ४ फिटसम्म हिउँ जमेको थियो, कतै पनि जान सकिने अवस्था नभएपछि आफू तेतै अलपत्र परेँ ।’

करिब एक हप्ता दिनपछि उपल्लो डोल्पा सिमेनका वडा अध्यक्ष वाङजु लामाको पहलमा सिमेन र कोमास डाँडामा नेपाल टेलिकमको टावर लिएर गएको हेलिकप्टर मार्फत जुफाल पुग्दा आफू बाँचेको अनुभव भएको सव-इन्जिनियर बुढाले बताए।

प्रकाशित: १५ वैशाख २०७८ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App