२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

गोरखामा एउटै गाउँका २९ जनालाई कोरोना संक्रमण

भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा समुदायमा कोरोना फैलिएको छ। मंगलबार त्यहाँका २९ जनालाई कोरोना पोजेटिभ देखिएको हो। यी मध्ये १४ महिला र १५ पुरुष छन्।  

रुघाखोकी र ज्वरोको लक्षण देखिएका ३१ जनाको गाउँपालिकाले स्वाब संकलन गरेको मध्ये २५ जना, दुई जना गोरखा नगरपालिका र दुई जनाले भरतपुरमा कोभिड जाँच गराएका थिए। ११ देखि ६२ वर्ष उमेरकालाई कोरोना पोजेटिभ देखिएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए।  

‘हामीेले आइतबार स्वास्थ्य जाँच गरेका ८० जना मध्ये ७० भन्दा बढीमा कोभिड मिल्दो जुल्दो लक्षण थियो’ स्वास्थ्य शाखा प्रमुख खनालले भने। एक घरको एक जनाको पिसिआर जाँचका लागि स्वाब लिइएको थियो। एकै गाउँका धेरै जनालाई कोरोना पोजेटिभ देखिएपछि समुदायमा फैलिएको हुन सक्ने आशंका गरिएको छ।  

‘हामीले क्यामुन्टार शिल गर्ने निर्णय गरिसकेका छौँ’ गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले भने। उक्त ठाउँमा कोही पनि नजान र त्यहाँबाट अन्यत्र नहिड्न गाउँपालिकाले अनुरोध गरेको छ। ‘बुधबार स्वास्थ्यकर्मीको टिम त्यहाँ गएर कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु, लक्षण देखिएकाहरुको स्वाब संकलन गर्नेछ।’ गाउँपालिकाले औषधि उपचार र सचेतनाको कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको अध्यक्ष पाण्डेले बताए।

प्रकाशित: १४ वैशाख २०७८ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App