१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

आमाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

आमाको हत्या गरी फरार रहेका एक अभियुक्त डेढ वर्षपछि फक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका वडा नं ८ दोहनीका २८ वर्षीय कोठारी भन्ने सुरेन्द्र कुर्मी पक्राउ परेका हुन्। 

२०७६ कार्तिक १६ गते वर्ष ५५ की आमा फुलमती कुर्मीसँग घरायसी झगडा हुँदा घाँटी थिची, कुटपिट गरी हत्या गरेका थिए। फरार अभियुक्त बुद्धभुमी नगरपालिका वडा नं ५, चौरीमा फेला परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। जिल्ला अदालतबाट म्याद थपी थप अनुसन्धान कार्य भई रहेको उनले बताए। अभियुक्तका भाई हेमराजले उनीविरुद्ध किटानी जाहेरी दिएका थिए।

प्रकाशित: १२ वैशाख २०७८ १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App