८ वैशाख २०८१ शनिबार
समाज

चट्याङ लागेर रौतहटमा एकको मृत्यु

चट्याङ लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ७ पल्टुआ गाउँका ४० वर्षीय लक्ष्मण महरा रहेका छन्। महराको गुजरा नगरपालिका वडा नम्बर ८ जयराजपुरमा चट्याङ लागेर मृत्यु भएको हो।

बुधवार आफन्तको बिहेघरमा महरा जयराजपुर पुगेका थिए। बिहीबार बिहान आफन्तकै घरबाट शौच गर्न बाहिर खेततर्फ गएको बेला बिहान ६ बजेतिर चट्याङले हानेको थियो। चट्याङले हानेर गम्भीर घाइते भएका महराको केहीबेरमा घटनास्थलमै मृत्यु भएको थियो।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७८ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App