१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वैज्ञानिक वनलाई दिगो वनमा लगिँदै

करिब चार महिनाअघि खारेज वैज्ञानिक वन व्यवस्थापनलाई दिगो वन व्यवस्थापनअन्तर्गत लग्ने निर्णय भएको छ। वनमन्त्री प्रेम आलेले खारेज भएको वैज्ञानिक वन व्यवस्थापनलाई दिगो वन व्यवस्पापनमा लैजान कार्यविधि बनाइएको जानकारी दिएका हुन्। दिगो वन व्यवस्थापनको अवधारण आजको वनलाई भोलिका सन्तानलाई सुरक्षित रूपमा हस्तान्तरण गर्न संरक्षण गर्नु र व्यवस्थित बनाउनु हो।

वैज्ञानिक वन अवधारणबाट अवैध रूपमा काठ कटानी भइरहेको गुनासो आएकाले त्यसलाई खारेज गरिएको मन्त्री आलेले बताए। अहिले देशभर सक्रिय वन व्यवस्थापन, सघन वन व्यवस्थापन, वन संवद्र्धनमा आधारित वन व्यवस्थापन कार्यक्रम लागु भएको छ। यसैगरी रौतहट, नवलपुर, सुनसरी, मोरङ, बाँके र दाङमा सरकारले व्यवस्थित वन व्यवस्थापन कार्यक्रम लागु गरेको छ।  

यसैबीच वन मन्त्रालयले सातवटै प्रदेशका वन मन्त्रालयलाई संकलन गरिएका काठ दाउराको रेकर्ड केन्द्रमा पठाउन निर्देशन दिएको छ। वैज्ञानिक वन व्यवस्थापन खारेज भएपछि सरकारले काठ कटानीमा कडाइका साथ नियन्त्रण गरेको थियो । सरकारले २०७७ माघ ११ गते वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको थियो। वैज्ञानिक वन व्यवस्थापन खारेज गर्नुअघि देशभर ७ सय ८६ ठाउँमा यस्तो कार्यक्रम लागु गरिएको थियो।

प्रकाशित: ९ वैशाख २०७८ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App