११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

अनिश्चित कालका लागि बन्द भयो ‘नो अब्जेक्सन लेटर’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि दिँदै आएको वैदेशिक स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) अनिश्चित कालका लागि बन्द गरेको छ ।

विश्वभर नयाँ भेरियन्टसहितको कोभिड–१९ ले महामारी रुप लिएसँगै मन्त्रालयले विदेश जाने विद्यार्थीलाई दिँदै आएको स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) अनिश्चितकालका लागि बन्द गरेको हो ।

मन्त्रालयले सूचना प्रकाशित गरी जापान, अष्टे«लिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा अध्ययन गर्न जाने विद्यार्थीका लागि सो पत्र दिने काम बन्द गरिएको जनाएको छ ।

मन्त्रालयले प्रकाशन गरेको सूचनामा नेपालमा समेत संक्रमण बढ्दै गएको हुँदा बैशाख ६ गतेको  मन्त्रिपरिषद्को निर्णय अनुसार हाललाई एनओसी जारी गर्ने काम बन्द गरेको उल्लेख छ ।

प्रकाशित: ८ वैशाख २०७८ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App