१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कलेज शुल्क तिर्न म्यादीमा भर्ती

लहान — संविधानसभा चुनावको सुरक्षाका लागि आवश्यक म्यादी प्रहरीमा दरखास्त दर्ता गराउनेहरुको भिडमा मधेशी महिलाहरु पनि छन्। घुम्टोमुनी अनुहार लुकाएर घरभित्रै बस्नुपर्ने समाजिक बन्धन पन्छाउदै यी महिलाहरुले म्यादी प्रहरीतर्फ बढाएको पाइलाले घुम्टोप्रथालाई चुनौती दिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहामा परेको ४५ सय ४० आबेदनमध्ये १ सय ६४ महिला छन् जसमा अधिकांश विवाहिता मधेशी महिला छन्। सप्तरी जिल्ला प्रहरी कार्यालयमा परेको ६ हजार ९० आबेदकमध्ये ३ सय २८ महिला छन् ।यहाँ पनि विवाहिता मधेशी महिलाको सँख्या धेरै छ ।

सिरहा अर्नामा गाविसकी आवेदीका समुन्द्रा महरा(४७) ले थोरै समयका लागि भए पनि राष्ट्र सेवा गर्ने सोच पालेकी छिन्। एक त मधेशी महिला त्यसमा पनि दलित, रोजगार पाउनै गाह्रो', उनी भिन्छिन्,'सेवा पनि गर्न पाउने र दाम पनि नाम पनि यस्तो अवसर सधै कहाँ आउँछ र !' 'महिलालाई प्राथमिक्ता छ सुनेर दरखास्त भरेको छु', उनी भन्छिन्,' खेतमा निहुरेर धान रोप्नुपर्ने जति कष्ट सहनुपर्दैन्, दाम पनि राम्रै छ ।'

३७ वर्षीया विवाहिता एकलास चमारको सोचाई फरक छ। 'धान काट्नेवेलासम्मको फुर्सदीलो समयलाई सदुपयोग गर्ने यो भन्दा राम्रो विकल्प छैन्।' उच्च शिक्षा नपढेकाहरुलाई यो राम्रो अवसर हो उनी भन्छिन्,' यसबाट पाएको अनुभवले अन्य रोजगार गर्न हौसला मिल्छ।'

दरखास्त दिनेमा प्लस टूको जाँच सकेर फुर्सदमा बसेकाका महिलाहरुको संख्या पनि उल्लेख्य छ । प्लस टु दास्रो वर्षको जाँच सकेर फुर्सदमा वसेकी जली विश्वकर्मा म्यादीको अनुभव बटुलेर पुर्णकालीन प्रहरी बन्न चाहन्छिन्। 'म्यादीबाट पाउने रकमबाट स्नातक अध्यन सुरु गर्छु', उनले सुनाइन्- 'आफै कमाएर पढ्नुपर्ने भएकाले यो राम्रो अवसर हो उनले सुनाइन्।'

रोजगारीका लागि धेरै कसरत गर्दा पनि पाइएन उर्मीला चौधरी भन्छिन्,' कमाउने बाटो नभएपछि उच्च शिक्षाको अध्यन विचमै रोक्नुपर्यो तर, म्यादीको अबसरले आशा पलाएको छ ।'

सिरहा प्रहरी प्रमूख (एसपि) पूर्णचन्द्र जोशी भन्छन्,' म्यादीमा मधेशी महिलाहरुको उत्साह आश्चर्यजनक देखियो।'गृहीणी महिलाहरु धक फुकाएर आवेदन भरेका छन्', उनले भने,' यो सहभागीताले मधेशी सामाज तीव्र परिवर्तण तर्फ उन्नमूख भएको पुष्टि गर्छ।'

प्लस टु, स्नातक शिक्षा हासिल गरेका युवायुवतीको भिडमा गृहीणी मधेशी महिला प्रतिस्प्रधामा उत्रीनुले यो समाजका अन्य महिलाहरुको स्वभिमान बढाएको उनको बुझाइ छ।

प्रकाशित: २० आश्विन २०७० ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App