१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी एस। एस। चोक नजिक बुधबार राति भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। भक्तपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँयातर्फको रेलिङमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका १० बस्ने बर्ष ३२ को महेश शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

घटनाबारे जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रनि ईन्द्रमणी अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले गम्भीर घाइते भएका २ जनालाइ उपचारको लागि मध्यपुर अस्पताल ठिमी भक्तपुर पुर्‍याउदा मोटरसाइकल पछाडि सवार शाहको चिकित्सकले मृत्त घोषित गरेको बताइएकाे छ। 

मोटरसाइकल चालक सोही स्थान बस्ने बर्ष २२ को महेन्द्र शाहको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइरहेको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए। मदाक पदार्थ सेवन गरी तीब्र गतिमा लापरवाही तरिकाले चलाउदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।  

प्रकाशित: २ वैशाख २०७८ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App