२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुइपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई बुझाएको छ।

प्रहरीले खोजतलास गरी बरामद गरेका ३० थान मोटरसाइकल र २० थान स्कुटर आज एक कार्यक्रमबीच सम्बन्धित धनीलाई दिएको हो।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले खोजतलासबाट फेला पारिएको सवारीसाधन सम्बन्धित सवरी साधन धनीलाई हस्तान्तरण गरेका हुन्।

प्रहरीले सवारीसाधन चोरी हुन नदिन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारीसाधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।

प्रकाशित: २८ श्रावण २०८३ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App