१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लहानमा फेरि सुनचाँदी व्यापारीको घरमा डकैतीः हतियारसहित आएका डाका समूहको आक्रमणबाट दुई घाइते

सुनचाँदी ब्यापारीको घर ।

लहानका सुनचाँदी व्यापारीको लहान नगरपालिका–७ स्थित घरमा डकैती भएको छ। हतियारधारी समूह राजेश सारडाको घरमा प्रवेश गरी उनका पिता भगिरथ सारडा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटेका छन्। प्रतिकार गर्दा दुबैलाई आक्रमण गरी घाइते बनाएको छ।

हतियारधारी समूह लकर फोडेर सुनचाँदी लुटेको पीडित परिवारले बताए। उनीहरुले सारडाको जीप समेत लिएर गएका छन्। घरमा पार्किङ गरी राखिएको जिपको साँचो बलजफ्ती लिएर हतियधारी डाका समूह भागेको भगिरथ सारडाले बताए। घर भित्र तीन जना हतियारधारी समूह प्रवेश गरेको उनले बताए। उनीहरु युवा उमेरका थिए ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दहालका अनुसार शनिबार रातीको घटनै प्रकृती देखिन्छ। त्यही समूह यो घटना पनि घटनाएको हो कि भन्ने शंका छ। हामी हतियारधारी समूह र उनले लिएर भागेको सारडाको जिप खोज्दैछौं उनले भने,‘सूचना पछ्याउँदै छौं, सफलता हात परेको छैन।’

शनिबार राती लहान नगरपालिका–२३ स्थित सुनचाँदी व्यापारी प्रदीपकुमार मिझारको हत्या भएको थियो। पसलसँगै रहेको उनको डेराबाट सुनचाँदी डकैती गरेपछि हतियारधारी समूहले खुकुरी र पेस्तोल प्रहार गरी उनको हत्या गरेको थियो। यस घटनाको पर्सीपल्टै लहानको बीच बजारमा रहेको सारडाको घरमा भएको डकैतीले लहानको फितलो सुरक्षा व्यवस्थालाई छताछुल्ल पारिदिएको यहाँका व्यापारीहरु बताउँछन्।  

लहानको नगर प्रहरी कार्यालयबाट पाँच सय मिटरउत्तर पश्चिम र ईलाका प्रहरी कार्यालय लहानबाट एक किलोमिटर उत्तर घना बसोबास भएको स्थानमा भएको यस घटनाले लहानबासीलाई त्रसिद बनाएको छ। यहाँको सुरक्षामाथि अपराध हाबी भएको भन्दै लहानबासी डराएका छन्।

प्रकाशित: ३० चैत्र २०७७ १६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App