५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ

सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदी।

सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ। संघीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिको बैठकले उनीहरूविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गर्‍यो। प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुवेदीविरुद्ध पाँच उजुरी परेका थिए। चुँडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए।  

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धका पाँचमध्ये चार उजुरीकर्ता समितिमा उपस्थिति भई आ–आफ्ना कुराबारे बैठकलाई ध्यानाकर्षण गराए। बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यतालगायत प्रश्नबारे बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए। रासस

प्रकाशित: २३ चैत्र २०७७ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App