४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

दूषित पानी बेच्ने कम्पनीलाई जरिवानाको फैसला

दूषित पानी   उत्पादन तथा विक्री वितरण गर्ने वीरेन्द्रनगरका दुई पानी कम्पनीलाई जिल्ला अदालत सुर्खेतले जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले देउतीदर्शन वाटर एण्ड बेभरेज इन्डष्ट्रिज प्रालिलाई ५० हजार र मध्यपश्चिम वाटर एण्ड बेभरेज इन्डष्ट्रिज प्रालिलाई एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।  

दूषित पानी  उत्पादन तथा विक्री वितरण गरेको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले दुबै कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला अदालतका सुचना सुचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार देउतीदर्शनले उत्पादन गर्ने सिजन्स ब्राण्डको जारमा लेदो भटिएको थियो । वीरेन्द्रनगर–११ पिपिरास्थित अस्मिता किराना पसलमा स्थानीय जीवन आचार्यले साउन १७ गते सिजन्स ब्राण्डको पानीको जार किन्दा लेदो फेला परेको थियो ।  

वीरेन्द्रनगर–४ को सिंह नास्ता पसलबाट स्थानीय धनबहादुर खड्काले मध्यपश्चिम वाटर एण्ड बेभरेज इन्डष्ट्रिजको एक्वान्स ब्राण्डको पानीको बोत्तल किन्दा फट्याङ्ग्रा फेला परेको थियो । यस्तै भेरीगंगा–१२ स्थित न्यू गंगामाला सप्लायर्समा स्थानीय कल्पना बिसीले एक्वान्स ब्राण्डको पानीको जार किन्दा फोहर फेला परेको थियो ।

‘यि तीनवटै मुद्दामा आरोपितले कसुर गरेको ठहर्छ,’ फैसलामा भनिएको छ, ‘खाद्य ऐनको दफा ५ (१) बमोजिम ५०–५० हजार जरिवाना गर्नु ।’ खाद्य ऐन, २०२३ को दफा ३ विपरितको कार्य गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सोही ऐनको दफा ५ (१) बमोजिमको सजाय माग गर्दै मुद्दा दायर गरेको थियो ।  यस अन्र्तगत पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुने व्यवस्था छ ।

प्रकाशित: १७ चैत्र २०७७ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App