३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्छन् ४९ वर्षीय परियार

 बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउँछन्। बाँसका वस्तु बनाउन सिपालु कालीगढ उनले आफ्ना उत्पादन बेचेर मासिक  १२ हजार रूपैयाँ कमाउँदै आएका छन्। आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ।  

उन्नाइस वर्षको उमेरदेखि  बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन्। डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ। “अझै जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने।

विपन्न परिवारका परियारले काम नगरे  साँझबिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उनी गर्वका साथ भन्छ। “विगतमा बजारमा बेच्न जानुपर्थ्याे अहिले घरमै ग्राहक आउँछन्,” उनले भने। परियारले डोको बुनेर नै छोराछोरी पढाए, बिहे गरिदिए।

परियारले दैनिक पाँच वटासम्म डोका बुन्छन्।  एउटा डोको २५० देखि ३५० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। 

प्रकाशित: ३० श्रावण २०८२ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App