रौतहटमा शरिर जलेको अवस्थामा एक महिलाको शव बरामद गरेको छ । जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर झुनखुनवा र मोतिपुर गाउँको महिलाको शव बरामद भएको हो ।
बिहीबार करिब ११ बजेको समयमा स्थानीय सुन्दर साहको खेतमा नाम थर वतन खुल्न नसकेको अन्दाजी २४÷२५ वर्षीया महिलालाई मसुरोको भुसमा आगो लगाइ मारेको अवस्थामा स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
अहिले सम्म महिलाको सनाखत हुन सकेको छैनन् भने महिलालाई हत्या गरी मसुरोको भुसमा आगो लगाएर प्रमाण नष्ट गर्ने उद्देश्यले यास्तो घटना घटाएको प्रहरीको भनाइ छ । महिलालाई यसरी जलाउनुको पछाडी हत्याको षड्यन्त्र रहेको हुँदा तालिम प्राप्त कुकुरको मद्दतबाट अपराधी समात्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धी बिक्रम शाहले बताएका छन् ।
घटनास्थलको प्रकृति हेर्दा महिलाको एउटा खुट्टा काटिएको, आधा शरिर जलेको तथा महिलाले प्रयोग गरेको एक जोरी नयाँ चप्पल र रगतका छिटाहरु समेत देखापरेकोले घटनाको विषयमा गहन रूपमा अनुसन्धान भइरहेको एसपि शाहले बताए ।
प्रकाशित: १२ चैत्र २०७७ १९:२८ बिहीबार




