१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसको ठक्करले युवतीको मृत्युपछि लम्कीमा तनाव

प्रहरीको गोली लागेर २ जना घाइते

पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा आज मंगलवार बिहान वसको ठक्करले युवतीको मृत्यु भएको घटनाको बिरोधमा स्थानिय प्रदर्शनमा उत्रेपछि लम्कीमा तनाव भएको छ । प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन ।

ईलाका प्रहरी कार्यालय घेराउ गरेर ढुंगामुृढा गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाई फायर गरेको र हवाई फायरका क्रममा प्रहरीको गोली लागेर २ जना घाइते भएको कैलालीका प्रहरी उपरिक्षक अनुप शमशेर जवराले बताए । गोली लागेर लम्की चुहा नगरपालिका वडा नम्वर १ का २५ बर्षिय कृष्ण काफ्ले र १८ बर्षिय दिपक संन्ज्याल घाइते भएका छन । घाइते दुवै जनालाई उपचारका लागी नेपालगंज लगिएको छ ।

मंगलवार बिहान लम्की चोकमा टीकापुर तर्फ जादै गरेको ना ६ ख ८८३३ नम्वरको वसको ठक्करवाट  सडक काटिरहेकी लम्की चुहा नगरपालिका १ निवासी २२ बर्षिय कमला देवकोटाको मृत्यु भएको थियो । उनका ३ बर्षिय छोरा पनि वसको ठक्करले घाइते भएका छन,वालकको उपचार भैरहेको छ ।उक्त घटनाको बिरोधमा स्थायिनयले राजमार्ग चक्काजाम गरेका छन । प्रदर्शनकारीले सडकमा टायर वालेका छन । भने अस्पतालवाट ल्याएर मृत्यु भएकी युवतीको शव सडकमा राखेर  उनीहरुले प्रदर्शन गरिरहेका छन । उनीहरुले दोषी चालकलाई कारवाही र क्षतीपुर्तीको माग राखेका छन । प्रहरीले ठक्कर दिने बस र वस चालक बर्दगोरिया नगरपालिका १ का ३१ बर्षिय पष्प कडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: १० चैत्र २०७७ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App