६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध, ब्लाष्टिङ गरेर खुलाउन पर्ने

पहिरोका कारण अवरुद्ध भएको रसुवागढी नाका जोड्ने सडक खुलाउनका लागि ब्लाष्टिङ गर्नुपर्ने भएको छ। सडकमा ठूलाठूला ढुंगा झरेका कारण ब्लाष्टिङ गर्नुपर्ने भएको हो। आइतबार बिहानदेखि दुईवटा स्काभेटरले पहिरो पन्छाउने काम गरिरहेको भएपनि ठूला ढुंगा पन्छाउन नसकिएको हो।  

धुन्चे–स्याफ्रु सडक खण्डको चिलिमे जलविद्युत् केन्द्र नजिकै शनिबार राति पहिरो गएको थियो। पहिरो पन्छाउनका लागि ब्लाष्टिङ गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

पहिरोले ठूलाठूला ढुंगा सडकमा ल्याएर थुपारेको कारण सडक खुलाउन ढिलाइ भएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए। सडक सञ्चालनमा ल्याउनका लागि दुई वटा स्काभेटरले काम गरिरहेको छ। सडक अवरुद्ध भएपछि काठमाडौं जान लागेका तथा रसुवागढीलगायतका माथिल्लो क्षेत्रमा जाने सवारीबीच बाटोमा नै रोकिएका छन्। सडक खुलाउनका लागि विद्यु्त् बन्द गरिएको छ।

प्रकाशित: ८ चैत्र २०७७ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App