coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दैलेख घटना : दश दिनपछि रजनीको शव भेटियो

दश दिनदेखि कर्णाली नदीमा बेपत्ता दैलेखको आठबीस नगरपालिका–३ की सात वर्षीया बालिका रजनी बढुवालको शव अछामको तुर्माखाँद गाउँपालिका–३ को असाराघाटमा फेला परेको छ । गत फागुन २३ गते आठबीस–३ निमायलकी सुकी बढुवाल तीन छोरी र एक छोरासहित कर्णालीमा हेलिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार रजनीको शव मंगलबार विहान साढे ११ बजेतिर फेला परेको हो । ‘शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाममा पठाएका छौं,’ डिएसपी श्रेष्ठले भने, ‘घटनाको अनुसन्धान पनि अछाम प्रहरीले गरिरहेको छ ।’  

डिएसपी श्रेष्ठका अनुसार नदीमा हेलिएका ३५ वर्षीया सुकी बढुवाल, छोरी १४ वर्षीया कल्पना बढुवाल, १२ वर्षीया सरिता बढुवाल र १० वर्षीय छोरा ललित बढुवालको शव यसअघिनै फेला परेको थियो । प्रहरीले सुकीका श्रीमान मानसिंहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घरेलु हिंसाका कारण उक्त घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

प्रकाशित: ३ चैत्र २०७७ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App