१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारत हिँडेकी महिला ४ केजी चरेससहित पक्राउ

कपिलवस्तुको कृष्णगनर नगरपालिका– २ बसपार्कमा एक महिला ४ किलो चरेश सहीत पक्राउ परेकी छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर. २ राङ्सी की ३४ की पुर्णिमा घर्तिमगरलाई चरेससहित पक्राउ गरेको हो।  

बसपार्कबाट पैदल हिँडेर भारततर्फ जानेक्रममा खानतलासी लिदा पुर्णिमाले शरिरमा लुकाई राखेको अवस्थामा सो चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डरीले बताए। महिलाले लगाएको सुरवाल भित्र एङलेड (निक्याप) मा राखी सोही एङलेड (निक्याप) मा लुकाई छिपाई प्लाष्टिकले बेरी राखेको अबस्थामा ८ प्याकेट पोका चरेस बरामद भएको भन्डारीले बताए। पक्राउ परेकी महिलालाई लागुऔषध मद्दा चलाइएको भन्डारीले बताए।  

 

 

प्रकाशित: ३ चैत्र २०७७ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App