७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

शिवरात्री मेला हेर्न गएका युवक मृत फेला

चमेलिया नदीमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की मृत फेला परेका छन्। 

बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चमेलिया नदीको बीच भँगालोमा कार्की मृत फेला परेको गोकुलेश्वर प्रहरी चौकीका इञ्चार्ज नरेन्द्र धामीले जानकारी दिए । रमेशको कसरी मृत्यु भयो भने यकिन हुन सकेको छैन। शव नदीले बगाएर ल्याएको जस्तो देखिएको धामीले बताए।  

गत शुक्रबार शिवरात्री मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतसास गर्दा शनिबार बेलुका नदीमा मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ चैत्र २०७७ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App