३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

११ महिनामा विपद्का घटनामा ४७१ जनाको मृत्यु

११ महिनामा विपद्का घटनामा ४७१ जनाको मृत्यु भएको छ। १ हजार ८२१ जना घाइते भएका छन् भने ३८ जनाको अवस्था थाहा हुन सकेको छैन। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैशाख १ देखि हिजो (चैत ३)सम्ममा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, वन डढेलो, हावाहुरी, जनावर आक्रमण, लेक लागेर र हिमपहिरोमा परेर ४७१ जनाको मृत्यु भएको छ। 

सबैभन्दा धेरै आगलागीमा परेर एक सय जनाको र कम वन डढेलोमा परेर दुई जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ। 

यस्तै घाइते हुनेमा पनि धेरै आगलागी नै कारण छ। आगलागीमा परेर ५२९ जना घाइते भएका छन्। यो अवधीमा ६ हजार ८७९ घटना हुँदा १२ हजार ५६३ घरपरिवार प्रभावित भएका छन्। 

प्रकाशित: ३ चैत्र २०८२ १५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App