१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुलीमा तोकिएको समयमा घर नबनाउने १ हजार ३ सय बढी लाभग्राही सूचीबाट हटे

जगमै सीमित रहेको सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकास्थित एक भूकम्प पीडितको घर। तस्बिरः अनिल भण्डारी/नागरिक

समयमा नै सम्झौता गरि निजी आवास निर्माण गर्नका लागि आलटाल गर्ने भूकम्प पीडित सूचीमा रहेका लाभग्राहीलाई उक्त सूचीबाट हटाइएको छ। सिन्धुलीमा नीजि आवास निर्माण गर्न अटेर गर्ने एक हजार तीन सय  २१ जना भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाइएको पुर्ननिर्माण प्राधिकरणल जनाएको छ।  

गत २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परि घर क्षति भएको भन्दै विवरण टिपाएर लाभग्राही सुचिमा परेका भूकम्प पीडितले समयमा घर निर्माण गर्न अग्रसरता नदेखाएपछि लाभग्राही सुचीबाटै हटाइएको हो। भूकम्प गएको पाँच बर्ष पुरा हुदै लाग्दा समेत तोकिएको समयभित्र निजि आवास निर्माण गर्न सम्झौता गर्न नआउने र पहिलो किस्ता नलैजाने भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालय प्रमुख सुर्यप्रकाश विष्टले जानकारी दिए। उनका अनुसार २०७७ साल मंसिर मसान्तसम्म सम्झौता गर्न र पुस १५ गतेभित्र पहिलो किस्ता लैजान समयसिमा तोकिएको थियो उक्त समयमा सम्झौता गरि पहिलो किस्ता नबुझ्ने लाभग्राहीलाई सूचीबाट हटाइएको हो। 

सूचीबाट कहटाएकामध्ये कमलामाई नगरपालिकामा ३ सय ७५ जना, दुधौली नगरपालिकामा ३ सय ३४ जना, सुनकोसी गाँउपालिकामा १ सय २७ जना, गोलन्जोर गाँउपालिकामा ९२ जना, फिक्कल गाँउपालिकामा ४८ जना, मरिण गाँउपालिकामा १ सय ३९ जना, हरिहरपुरगढी गाँउपालिकामा ८३ जना, तीनपाटन गाँउपालिकामा ६३ जना र घ्याङलेख गाँउपालिकामा ६० जना  रहेका छन्। प्राधिकरणको लिस्टमा सुरुमै लाभग्राहीको सूचीमा परेका लाभग्राहीले तोकिएको समयभित्र निजिी आवास बनाउन अटेर गरेकाले सूचीबाट हटाउन सिफारिस गरिएको कार्यालयले जनाएको छ।  

सिन्धुली जिल्लामा नीजि आवास पुन निर्माणतर्फका लाभग्राही ३८ हजार ८ सय १६ रहेको छ। जसमा सुरुमा भूकम्प पीडित लाभग्राही सूचीमा ३४ हजार २ स य ५६ जनाको नाम प्रकाशित भएको र बाँकी विभिन्न समयमा  गुनासो सूचीमार्फत लाभग्राहीमा थपिएका हुन्।  

जिल्लामा हालसम्म निजी आवास बनाउन सम्झौता गरि पहिलो किस्ता लैजाने ३७ हजार २ सय ९५ जना छन् भने दोस्रो किस्ता लैजाने ३३ हजार ९ सय ८ जना र तेस्रो किस्ताका लागि २९ हजार ४ सय १३ जनाको सिफारिस भएको छ। जसमध्ये २७ हजार २ सय ९७ जनाले अनुदान पाइसकेका छन्। सम्झौता गरि पहिलो किस्ता लैजानेमध्ये पनि तीन हजार ३ सय ८७ जनाले घर बनाउन बाँकी रहेको कार्यालयको तथ्याङक छ। कार्यालय प्रमुख बिष्टका अनुसार जिल्लामा  प्रबलिकरणका १४ हजार ४ सय ४२ जना लाभग्राही रहेका र यीमध्ये १२ हजार ४ सय ५५ जनाले सम्झौता गरि पहिलो किस्ता रकम लिइसकेका छन्। यस्तै दोस्रो तथा अन्तिम किस्ता १६ जनाले लगेका छन्। प्रबलिकरणका लाभग्राहीले भने दुई किस्तामा ५०/५० हजार रुपियाँ पाउने व्यवस्था भएको कार्यालयले जनाएको छ।  

भूकम्पको पहिलो वा दोस्रो किस्ता अनुदान बुझेर समयसीमाभित्र घर नबनाउने लाभग्राहीको पैसा फिर्ता हुने प्राधिकरणले जनाएको छ। पैसा फिर्ता गर्नुपर्ने प्राधिकरणले बताएसँगै जिल्लामा किस्ता बुझेर घर बनाउन बाँकी रहेका लाभग्राहीले धमाधम घर बनाउन थालेका छन्।  

प्रकाशित: १० फाल्गुन २०७७ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App