३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

कम्बोडियाबाट उद्धार गरिएका ४६ नेपाली स्वदेश फर्किए

फाइल तस्विर <br>

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरिएको छ। 

बैङ्ककस्थित नेपाली दूतावासले उद्धार गरेका सबै स्वदेश फर्किएका छन्। विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले जनाएको छ।  

दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए।  

साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार  र थाइल्याण्ड नजान अनुरोध गरेको छ। 

प्रकाशित: ३ वैशाख २०८३ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App