१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चोकमा बन्दकर्ता, भित्री गल्ली खुला

बन्दले सुनसान भएको पोखराकोे पृथ्वीचोक क्षेत्र । तस्बिरः उमेश पुन÷नागरिक

नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गर्दा सबै क्षेत्रमा प्रभाव परेको छ । बन्दका कारण पोखरामा पनि प्रभाव परेको छ । यहाँको बजार, शिक्षण संस्था, उद्योग, कलकारखाना बन्द भएका छन् । यातायात सेवा पनि प्रभावित भएको छ ।

भित्री सडकमा मोटरसाइकल र ट्याक्सी चलेपनि मुख्य सडक क्षेत्र भने सुनसान छन् । बन्द आव्हानकर्ता चोकचोकमा बसेका छन् । भित्री सडकका पसल भने खुलोक छन् । अहिलेसम्म यहाँ अप्रिय घटना नभएको कास्की प्रहरीले बताएको छ । कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए । उनले अभद्र व्यवहार गरेको भन्दै विद्यार्थी नेता बिर्मसन तिमिल्सेना नियन्त्रणमा लिएको बताए । तिमिल्सेनालाई महेन्द्रपुलबाट नियन्त्रणमा लिएको उनले बताए । चोकचोकमा प्रहरी खटिएका छन् ।

बन्दकर्ताका तर्फबाट नेकपा दाहाल–नेपाल समुहका नेता तथा गण्डकीका प्रदेशसभा सदस्य रामजी बरालले शान्तिपूर्वक रुपमा बन्द सफल बनाएको बताए । प्रहरीले महेन्द्रपुुलबाट एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले बताए । मोटरसाइकल चलाएका व्यक्तिलाई सम्झाउने क्रममा बन्द उल्लंघनकर्ताको तर्फबाट विवाद भएपछि तिमिल्सेनालाई पक्राउ गरेको उनले बताए ।

‘हामीले शान्तिपूर्ण रुपमा बन्द आव्हान गरेका हौ, हाम्रै विरुद्ध आएमा अस्वस्थ हुनसक्छ,’बरालले भने, ‘नत्र अहिलेसम्म समस्या छैन ।’ उनले बेलुकी पाँचबजे बन्द खुल्ले बताए । बन्दकर्तामाथि धरपकड नभएमा पाँचबजेपछि गाडी चलाउन सकिने बरालले बताए ।  

त्यसबाहेक नेकपाकै अर्काे समूह ओली पक्षधरले बिहान यहाँ बन्दको विरोधमा मोटरसाइकल ¥याली निकालेको थियो । ओली पक्षका नेता तथा प्रदेशसभा सदस्य राजीव पहारीले बजार, यातायात खुलेको बताए । ‘स्वतः स्फुर्त रुपमा मोटरसाइकल ¥याली पनि निस्कियो, बन्दको उत्तिसारो प्रभाव परेको छैन,’ पहारीले भने । 

प्रकाशित: २२ माघ २०७७ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App