१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अग्नी पिडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको राहत

खोटाङ समाज हङकङले स्थापना गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नी पिडित परिवारलाई राहत प्रदान गरेको छ। गत माघ १४ गते भएको आगलागीबाट विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका निर्भराज राईलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत स्वरुप नगद १० हजार प्रदान गरेको हो। अग्नी पिडित परिवारलाई धितुङका वडाध्यक्ष पृथीराज राईमार्फत राहत रकम हस्तान्तरण गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए।  

आगलागीबाट विस्थापित भएका राई परिवारको सहज जीवनयापनका लागि कोषले राहत प्रदान गरेको जनाएको छ। प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीको सहयोगार्थ हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाईमा २०७२ सालमा कोष स्थापना गरिएको हो। २० लाखबाट सुरु गरिएको कोषको मुल धन यस वर्षदेखि २८ लाख पुगेको छ। कोषको वार्षिक रुपमा आउने व्याजबाट जिल्लाका विपत्तीमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष किरातले बताए।

प्रकाशित: २० माघ २०७७ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App