१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने भएका छन्।  दैलेखको डुङ्गेश्वर गाउँपालिकाकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो।  

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरुलाई मासिक ५ सय रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई  माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए।'भत्ता ६/६ महिनामा वितरण गरिनेछ', अध्यक्षले भने।  

त्यसैगरी बिवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए। तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अबिवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ। रासस

प्रकाशित: २० माघ २०७७ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App