coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दलहरुले प्रस्ताव गरेका मध्ये ताप्लेजुङमा एक मात्र मतदानस्थल परिवर्तनको संकेत

मतदान केन्द्र थपघट र शंसोधनका बारेमा छलफल गर्न ताप्लेजुङमा भएको सर्बदलिय बैठक । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङका ९ मध्ये ८ पालिकामा साविक कायम रहेका मतदान स्थल र केन्द्र थपघटका लागि दलहरुले गरेको प्रस्तावमध्ये फुङ्लिङ नगरपालिकाको एउटा मतदान स्थल मात्र परिवर्तन हुन सक्ने गरी निर्वाचन आयोगमा सिफारिस पठाइने भएको छ। बिहीबार जिल्ला निर्वाचन समन्वय समितिको बैठकले फुनपा वडा नं १० मा रहेको पाथीभरा आधारभूत विद्यालय जोगीडाँडा मतदान केन्द्रलाई महाकाली माध्यमिक विद्यालय मयाममा स्थान्तरण गर्न सकिने प्रस्ताव मात्र निर्वाचन आयोगमा पठाउन सकिने निर्णय लिएको हो।  

जिल्ला निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाले यो एक मतदान स्थल÷केन्द्र बाहेक प्रस्ताव गरिएका अन्य कुनै क्षेत्रबाट शंसोधन तथा परिवर्तनको प्रकृया पूरा नभएको पाइएकोले एक मतदान स्थल÷केन्द्र परिवर्तनका लागि आयोगमा सिफारिस पठाउने जानकारी दिए। छलफलमा दलका प्रतिनिधि र जनप्रतिनिधिले यसअघि कायम रहेको केन्द्रमा बर्णानुक्रम अनुसारको नाम छुट्टयाई थप हुने केन्द्रमा पठाउने नामावली छनौट गर्ने कार्य झन्झटिलो रहेको र त्यसो गर्न सकिने अवस्थामा समस्या सृजना भएको अनुभव सुनाएका थिए। ‘प्रयास पनि ग¥यौं, दलिय छलफल पनि भए, गृहकार्य पनि गरियो तर अल्फाबेटका आधारमा भएका मतदाता नामावली कहाँदेखि कहाँसम्म छुट्टयाएर थप वा संशोधन भएको मतदान केन्द्रमा पठाउने भन्नेमा समस्या सृजना भयो’ फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले भने।

नगरपालिकामा साबिकका मतदान केन्द्र÷स्थल कायम गरी ३ नयाँ मतदान केन्द्र थप तथा परिवर्तनका लागि दलहरुले प्रस्ताव गरेका थिए। सरकारले प्रतिनिधिसभा विघटन गरेर १७ र २७ वैशाखमा निर्वाचन घोषणा गरिसकेपछि मतदान स्थलबारे जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले आयोजना गरेको सर्वपक्षीय छलफलमा दलहरूले मतदान स्थल÷केन्द्र थपको प्रस्ताव गरेका थिए। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार मैवाखोला गाउँपालिकाबाहेक यहाँका अरू ८ वटै स्थानीय तहका विभिन्न स्थानमा मतदान स्थल÷केन्द्र थपका लागि दलहरूले प्रस्ताव गरेका थिए। मैवाखोला गाउँपालिका बाहेक अरू सबै पालिकामा मतदान स्थल÷केन्द्र थपघटका लागि दलहरूले प्रस्ताव गरेका छन्।

सिरिजंघा गाउँपालिकामा रहेको १ मतदान स्थल हटाई ३ मतदान स्थल÷केन्द्र थप गर्न प्रस्ताव गरिएको थियो। आठराई त्रिवेणी गाउँपालिकामा २, मेरिङ्देन गाउँपालिकामा १ हटाएर २ र पाथीभरा याङ्बरक गाउँपालिकामा १ मतदान स्थल÷केन्द्र थपको प्रस्ताव गरिएको थियो। यस्तै मिक्वाखोला गाउँपालिकामा २, सिदिङ्वा र फक्ताङ्लुङ गाउँपालिकामा १–१ वटा हटाएर नयाँ २–२ मतदान स्थल र केन्द्रको प्रस्ताव गरिएको थियो।

प्रकाशित: १६ माघ २०७७ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App