७ वैशाख २०८१ शुक्रबार
समाज

विदेशबाट १७ जना नेपालीको शव ल्याउँदै नेपाल एयरलाइन्स

फाईल तस्बिर

वैदेशिक रोगजारका क्रममा मलेसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ लागेको छ। वैदेशिक रोजगारको क्रममा विभिन्न समयमा ज्यान गुमाएका १७ नेपालीको शव ल्याउन निगमको ए३३० वाइडबडी शुक्रबार राति क्वालालम्पुरतर्फ लागेको हो।

शनिबार (आज) बिहान ८ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उक्त उडान निगमको समाजिक उत्तरदायित्व अन्र्तगत हुन लागेको निगमले जनाएको छ। निगमकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार कोभिड १९ को संक्रमणसँगै बन्द भएको हवाइ उडानको समयमा उक्त रुटमा न्यारोबडी जहाजबाट नियमित उडान भइरहेको थियो। तर, न्यारोबडी जहाजबाट यात्रु र कार्गोमात्रै अट्ने भएका कारण ए ३३० क्वालालाम्पुर पठाएको उनको भनाइ छ। वाइडबडीमा १८ वटा शव ल्याउन मिल्ने क्षमता रहेको छ।

‘निगमले राष्ट्रलाई परेको समयमा सेक्टर र मुनाफा नहेरी देश र नागरिकको सेवा सुविधाअन्र्तगत जिम्मेवारी पूरा गर्दै आएको छ,’ उनले भनिन्, ‘रोजगारको क्रममा ज्यान गुमाएका नेपालीको शव आर्थिक तथा अन्य कारणले विदेशमा महिनाैदेखि अलपत्र रहेकाले उक्त जिम्मेवारी बहन गर्न निगम अघि सरेको हो।’

निगमको समाजिक उक्तरदायित्वको सिद्धान्त आफन्तको निधनले महिनौदेखि दुःख र पीडा रहेका परिवारलाई सान्त्वना स्वरूप हुनेसमेत निगमको विश्वास छ। मुनाफा आर्जनलाई मात्रै नहेरी देश र जनताको सेवा भन्दै कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका नेपालीलाई ल्याउन लागेको निगमले जनाएको छ। शुक्रबार रातिको उडानमा नेपालबाट झण्डै दर्जन जति यात्रुसमेत त्यसतर्फ जान लागेका छन्।  

नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वैदेशीक रोजगार विभागको पहलअन्र्तगत उडानको तालिका मिलाइएको निगमले जनाएको छ। मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा दुई सय ५० हाराहारी यात्रु समेत फर्कनेछन्। त्यसो त निगमको जहाजले विदेशमा समस्यामा परेका नेपाली उद्धार र ज्यान गुमाएका नेपालीको शव यसअघि पनि नेपाल ल्याएको थियो। निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको हो।  

निगमले कोभिड–१९ महामारीको संक्रमणमा निगमले गत फागुनमा कोरोनाको उद्गमस्थल मानिएको चीनको बुहानमा फसेका नेपालीको उद्धार गरेको थियो। त्यस्तै बन्दाबन्दीको समयमा विभिन्न देशबाट भएका चार्टड तथा उद्धार उडानमा समेत निगमले महŒवपूर्ण भूमिका खेलेको थियो। अन्तर्राष्ट्रिय उडानमा कायम रहेको प्रतिबन्धको समयमा कोभिडका औषधिजन्य सामग्री नेपाल ल्याउन समेत निगमले उडान भरेको थियो। हाल निगमले दुईवटा न्यारोबडी जहाज ए ३२० र दुईवटा वाइडबडी ए३३० जहाजमार्फत एक दर्जन गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।

प्रकाशित: १० माघ २०७७ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App