१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रहेनन् नेकपा बाँकेका इन्चार्ज दिनेशचन्द्र यादव

नेकपा बाँकेका इन्चार्ज दिनेशचन्द्र यादवको निधन भएको छ। काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ यादवको गएराती निधन भएको हो।

पुष १२ गते यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि बाँकेस्थित भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको थियो।

उनलाई १३ पुषमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पताल लगिएको थियो। उनको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। यादव मधुमेहका विरामी थिए।

उनी भूमि समस्या समाधान आयोगका वहालवाला केन्द्रीय सदस्य थिए।

बाँकेको साविक लक्षमणपुर गाविस अध्यक्षबाट राजनीतिक र जनप्रतिनिधिको भूमिकामा रहेका यादव संघीय सरकारको खानेपानी राज्यमन्त्री समेत भए। यादवले संविधान सभा सदस्य भइ संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।  

उनका ४ छोरा, ५ छोरी र श्रीमती छन्। उनी साबिक नेकपा एमाले हुँदै नेकपा समेतको बाँके जिल्ला इन्चार्ज थिए।

प्रकाशित: १ माघ २०७७ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App