१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कार गरेको भन्दै फसाउन खोज्ने महिलालाई जेल सजाय

अन्नपूर्ण गाउँपालिका–६ घार की २७ वर्षीया महिलाले गाउँकै एक पुरुषबाट पटक–पटक बलात्कृत भएको भन्दै प्रहरीमा उजुुरी दिइन् । ३६ वर्षिय ती पुरुषबाट १२ पटकसम्म बलात्कृत भएको भन्दै किटानी जाहेरी दिइन् ।  

अनुसन्धान गरिरहेको प्रहरीले घटनास्थल भनिएको ठाउँमै पुगेर मुचुल्का तयार गरी जाहेरी दर्ता गर्दै बरुवाल थरका पुरुषलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान अघि बढायो । जाहेरीमा महिलाले पहिलोपटक २०७६ मंसिर १५ र अन्तिमपटक २०७६ फागुन १९ गते घरमै आएर बलात्कार गरेको उल्लेख गरेकी थिइन् ।  

तर, महिलाले लगाएको आरोप नक्कली भएको भन्दै जिल्ला अदालत म्याग्दीले नै ती महिलालाई सजायको फैसला गरेको छ । घरायसी विवाद र लेनदेनबाट उम्किन महिलाले ती पुरुषलाई बलात्कारको आरोप लगाउँदै किटानी जाहेरी दिएको खुलेको छ ।  

जिल्ला अदालत म्याग्दीले पुस २३ गते गरेको फैसला अनुसार ती युवतीलाई १५ दिन कैद र १ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको छ । युवतीले अफुमाथि यौनशोषण गरेको बकपत्रमा उल्लेख गरेपनि उक्त बकपत्र झुटो भएको ठहर गर्दै अदालतले फैसला गरेको हो । ती महिलाका पतिले पनि श्रीमतिले गलत सूचना दिएर आफन्तलाई फसाउन खोजेको भन्दै अदालतमा बयान दिएका थिए ।  

पछिल्लो समय मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको गलत व्याख्या र दुरुपयोग गर्दै महिलाले पुरुषलाई फसाउने गरिरहेको पछिल्ला केही घटनाबाट पुष्टि हुने गरेको  कानुन व्यवसायी ठाकुरप्रसाद आचार्यले बताए । ‘फेक’ बलात्कारका घटनाले समाजलाई दुर्गन्धत बनाउने उनको भनाई छ । 

प्रकाशित: २९ पुस २०७७ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App