१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोरखामा तामझामपूर्ण पृथ्वी जयन्ती

गोरखा सदरमुकाममा सोमवार पृथ्वीजयन्तीको अवसरमा आयोजित ¥याली । तस्विर ः नागरिक

दुईसय ९९ औं पृथ्वी जयन्ती गोरखालीले धुमधामसँग मनाएका छन् । पृथ्वी जयन्तीको अवसरमा गोरखा नगरपालिकाको अगुवाईमा सोमवार सदरमुकाममा झाँकी सहितको ¥याली प्रर्दशन भएको छ ।  

गोरखा बजार परिक्रमा गरेको ¥याली संग्रहालयस्थित पृथ्वीनारायण शाहको शालिक परिसरमा पुगेर सभामा परिणत भएको हो । ¥याली सहितको सभामा नेवार, गुरुङ, मगर, मुस्लिम, ब्राह्मण क्षेत्री लगायत विभिन्न जातिय भेषभुषामा सर्वसाधारण सहभागी थिए ।  नगरभित्रका सबै जाती धर्म, भाष, पेसाका मानिसको पहिचान दिने गरी झाँकी निकालिएको र राष्ट्रिय एकताको सन्देष दिन खोजिएको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बताए । पृथ्वी नारायण शाहले एकिकरण सुरु गरेको गोरखाबाट एकताको सन्देश दिन र उनको सम्मानमा गत वर्षदेखि नगरपालिकाले सार्वजनीक बिदा दिँदै आएको उनले बताए ।

नगरपालिकाले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिबसको अवसर पारेर सोमवार सार्वजनिक बिदा दिएको थियो । यसअघि पुस २६,२७ र २८ गते बिभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने निर्णय गरेको नगरपालिकाले दौड प्रतियोगिता, विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता, दिप प्रज्वलन, खेलाडी सम्मान, काठमाण्डौँ–गोरखा साईकल यात्रा लगायतका कार्यक्रम गरेको छ ।

संग्राहालय परिसरमा भएको सभामा इतिहासकार डा राजाराम सुवेदीले नेपाल एकिकरण र जनसहभागीता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पृथ्वीनारायण शाहको पालामा गोरखाली सेनाले गरेको योगदान, नेपाल एकिकरण लगायतका विषयमा स्मरण गराए । जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले पृथ्वीनारायण शाहको दिएको सन्देश अहिलेका लागि पनि सबै मिलेर अघि बढ्न आवश्यक भएको बताए । राष्ट्रिय एकताको सवालमा सबै जना एक ठाउँमा हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्था, नागरिक अगुवा, जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारणको उपस्थिती रहेको थियो ।  

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती मनाएको छ । संग्राहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरेर दिवस मनाइएको केन्द्रिय सदस्य मोहन श्रेष्ठले बताए । केन्द्रिय अध्यक्ष कमल थापाले संसद बिघटन असंवैधानिक भएको बताउँदै चुनावपछि ओली नेतृत्वको सरकारलाई हटाउनुपर्ने बताए । चुनाव भएपछि ओली नेतृत्वको सरकार स्वत हट्ने भएकाले चुनाव आवश्यक रहेको र संसद विघटन असंवैधाक भएको उनले बताए । 

प्रकाशित: २७ पुस २०७७ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App