१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

विश्वका मजदुर एक होऔं भनेर ३ ठाउँमा ३ कार्यक्रम हुने

काठमाडौं – 'विश्वको मजदुर एक हौं' भन्दै नारा लगाए पनि नेपालका मजदुर संगठनहरुले १ सय २४ औं मजदुर दिवस छुट्टाछुट्टै स्थानमा आमसभा गरेर मनाउँदैछन्। भोलि मे १ दिन एमाओवादीको मजदुर संगठनले भृकृटीमण्डप, एमालेले खुलामञ्च, नेकपा–माओवादीले बसन्तपुरमा छुट्टा छुट्टै कार्यक्रम राखी मजदूर दिवस मनाउने तयारी गरेका हुन्।

एकीकृत माओवादीले गौशाला, पुल्चोक र बालाजुवाट जुलससहित भृकृटीमण्डपमा सो कार्यक्रम गर्दैछ। 'तीन ठाउँवाट जुलुस निकालेर भृकुटीमण्डपमा जान्छौ' अध्यक्ष शालिकराम जम्मरकट्टेलले नागरिकन्युजसँग भने, 'त्यहाँ पार्टी महासचिवज्यू (पोष्टवहादुर बोगटी) आउँदै हुनुहुन्छ।' माओवादी शान्ति प्रक्रियामा आएपछि सधैँ झै अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि हुने परम्परा भने यो पटकवाट तोडिएको छ।

एमालेले भने १ सय २४ औं मजदुर दिवसलाई विशेष रुपमा मनाउने तयारी गरेको छ। त्यसका लागि अध्यक्ष झलनाथ खनालदेखि पोलिटब्युरो सदस्यले विभिन्न स्थानमा आयोजना हुने मजदुर सभालाई सम्वोधन गर्ने कार्यक्रम तय गरेको छ। 'भद्रकालीमा जम्मा भएर हामी न्युरोड र इन्द्रचौक, असन हुँदै खुलामञ्चमा जुलुससहित प्रवेश गछौं' अध्यक्ष विष्णु रिमालले नागरिकन्युजसँग भने- 'त्यहा बरिष्ठ नेता केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।' रिमालका अनुसार मजदूर दिवसका अवसरमा अध्यक्ष खनाल झापा , विराटनगरमा माधव नेपाल, राजबिराजमा धर्मनाथ साह, लालबन्दीमा इश्वर पोखरेल, सिमरामा मुकुन्द न्यौपाने, हेटौडामा शंकर पोखरेल, पोखरामा बामदेव गौतम, बुटबलमा विष्णु पोखरेल र धनगढीमा युवराज ज्ञवाली पुग्दैछन्।

त्यसैगरी, मोहन बैद्य नेतृत्वको माओवादीले बसन्तपुरमा सभाको आयोजना गर्ने तयारी गरेको छ। 'बसन्तपुरमा पुग्नु अघि संञ्चयकोश भवन (ठमेल), कुपोन्डल, पुरानो बसपार्कवाट जुलुस सुरु गर्नेछौ' संयोजक रामदिप आचार्यले भने, 'त्यहाँ बिप्लव (नेत्रविक्रम चन्द)जीले सम्वोधन गर्नुहुनेछ।

सबै जसो मजदुर संगठनले एकै समय १२ बजेवाट जुलुस सुरु गरी १ बजे सभा गर्ने जनाएपछि जुलुसका रुट एउटै पर्ने हुँदा झडप हुने सम्भावना देखिन्छ। यद्यपि, झडप नहुने गरी र सकेसम्म भेट नै नहुने गरी प्रदर्शन गर्ने नेताहरुले तयारी गरेका छन्।

प्रकाशित: १७ वैशाख २०७० ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App