१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

अस्वाभाविक हिँडडुल गरिरहेका भारतीयमाथि चेकजाँच गर्दा ४२२ ग्राम सुनजस्तो पदार्थ बरामद

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका दिल्लीका करिब ४६ वर्षीय अस्लम शोकतलाई अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको अवस्थामा शंका लागेपछि चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई राखेको अवस्थामा ४२२.५ ग्राम सुनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

प्रकाशित: १२ आश्विन २०८३ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App