१२ आश्विन २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

काठमाडौं किन आइन् भारतीय स्ट्यान्डअप कमेडियन ?

चर्चित भारतीय स्ट्यान्डअप कमेडियन शारोन वर्मा प्रस्तुतिका लागि पहिलो पटक नेपाल आइपुगेकी छन्।

आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा ‘शारोन वर्मा लाइभ’ प्रस्तुति दिने छिन्।आत्मव्यंग्यात्मक शैलीको कमेडीका लागि परिचित वर्माले भारतको ‘इन्डियाज गट लेटेन्ट’ कार्यक्रममा प्रस्तुति दिएपछि थप चर्चामा आएकी हुन्।

काठमाडौं उत्रिए लगत्तै उनलाई नेपाली ढाकाटोपी लगाएदिएर पुष्पगुच्छाले स्वागत गरिएको थियो। पिनाकल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम अपराह्न ४ः३० बजे सुरु हुनेछ। नेपालमा उनको यो पहिलो प्रत्यक्ष प्रस्तुति हुने छ।

प्रकाशित: ११ आश्विन २०८३ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App