२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पठाओ राईडरले किन गरे आफ्नै कार्यालयमा तोडफोड ?

राईड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन्। कमिसन घटाउनुपर्ने लगायतका माग राख्दै आन्दोलित बनेका चालकहरुले आफूहरुका माग पूरा नभएको भन्दै नयाँवानेश्वर स्थित कार्यालय तोडफोड गरेका हुन्।  

उनीहरुले अधिकतम ८ प्रतिशत मात्रै कमिसन लिनुपर्ने माग राख्दै आएका छन्। अहिले कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन लिने गरेको छ।

गत हप्तामात्र पठाओका असन्तुष्ट चालकहरूले विभिन्न मागसहित कम्पनीलाई ज्ञापनपत्र बुझाएका थिए।  

उनीहरुको मागपछि कम्पनीले राइडर र यात्रुको १ लाखसम्मको उपचार बिमा र मृत्यु भएका ५ लाख बराबरको दुर्घटना बिमा गर्ने निर्णय गरिसकेको छ। तर, कमिसन घटाउने लगायतका मागमा कम्पनी सहमत नभएपछि आन्दोलित चालकहरुले कार्यालय तोडफोड गरेका हुन्।

बानेश्वर प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार तोडफोडमा संलग्न भएको आशंकमा २६ जनालाई नियन्त्रणमा लिइएको छ।

 

 

प्रकाशित: १३ पुस २०७७ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App