७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा राजावादीको प्रदर्शन

तस्बिर: डिबी/ नागरिक

राजाबादीहरुले मोटरसाइकल  र्‍याली निकालेका छन्। उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै प्रर्दशन गरेका हुन्। राष्ट्रवादी जुम्ली समुहको आयोजनामा गरिएको शक्ति प्रर्दशनका क्रममा अधिकाशं नेकपा र नेपाली कांग्रेसका युवा सहभागि थिए।  

प्रदर्शनका क्रममा राजा आउद देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, जस्ता नारा लगाएका थिए। राजावादीहरुको प्रदर्शनलाई मध्येनजर गर्दै स्थानीय प्रशासनले चोकचोकमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको थियो।  

राप्रपा नेपालका जुम्ला उपाध्यक्ष अंगत देवकोटा वर्तमान अवस्थामा राजा अपरिहार्य भएको बताउँछन्। उनले भने, ‘संघीयताका नाममा जन्मिएका सयौँ टुक्रे राजाहरुले देश डुबाइसकेका छन्। अब जनताले एउटै राजा चाहेका छन्। राजतन्त्रको विकल्प छैन्। ’

उनले राजाकालमा कानुनको पुर्ण परिपालना हुने गरेको र अनुशासन र सुशासन बलियो भएको स्मरण गराउदै अहिले देशको परिस्थिती नै भद्रगोल भएको बताए।  उपाध्यक्ष देवकोटाले भने,‘ अहिलेका केन्द्रका राजालाई देश लुट्नै ठिक्क छ। प्रदेश स्तरका राजालाई झण्डा हल्लाउदै र कमिसनको खेल खेल्दै ठिक्क छ। स्थानीय सरकारका राजा त झन जनतालाई खसीबोका नै सम्झन्छन्। जहाँतही छाडापन छ। हत्याहिंसा, बलात्कार छ। उल्टै राजाहरु नै यस्ता कार्यमा सक्रिय देखिन्छन।  ’

 

सत्ताका नाममा फैलिइरहेको लुटतन्त्रले देशको अवस्था भयाभह हुदै गएको राजाबादीहरु बताउँछन्। प्रदर्शनका क्रममा राजन्तत्रको विकल्प नभएको बारेमा लेखिएका प्लेकार्ड समेत बोकेका थिए। राजबादीको आन्दोलनमा नेकपा र नेपाली काँग्रेसका युवा समेत सहभागि हुनुले पनि अहिलेको व्यवस्थामा संकट आउन सक्ने जुम्लाका अगुवाहरु बताउँछन्।

नेकपा सरकार देशविकासमा भन्दा आफ्नो आन्तरिक खिचातानीमै रुमल्लिएको छ। काँग्रेस प्रतिपक्षका नाममा मौन देखिन्छ। एक जना राजाबादीले भने,‘डुबिसेको देशलाई उकास्नको लागि एक पटक राजतन्त्रको जरुरत छ। अब संघीयताका राजा प्रतिको विश्वास घटिसकेको छ। देशले यी राजाहरुको खर्च थेग्न सक्दैन्।  

मोटरसाइकल र्याली जिल्लाको बसपार्क नजिकैबाट शुरु भएर टुडिखेल हुदै जुम्ला विमानस्थलमा पुगेर बालमन्दिरमा पुगेर सकिएको थियो। आफुहरुको प्रदर्शन शान्तिपुर्ण भएकोले कसैले हस्तक्षेप गर्न नसक्ने राजाबादीहरु बताउँछन्। प्रदर्शनमा झण्डै १ सय ५० जना सहभागि रहेको उपाध्यक्ष देवकोटाले बताए। संवैधानिक राजसंस्था र हिन्दु राष्ट् पुर्न स्थापनाको लागि आन्दोलन थालेको राजाबादीहरु बताउँछन।  

प्रकाशित: २३ मंसिर २०७७ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App