नेपाल प्रहरीले वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा ४० जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये काठमाडौं उपत्यकाबाट तीन जना, कोशी प्रदेशबाट एक जना, मधेस प्रदेशबाट एक जना, बागमती प्रदेशबाट एक जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट नौ जना, कर्णाली प्रदेशबाट आठ जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना पक्राउ रहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिएका छन् । पक्राउ परेका सबैलाई शुक्रबार सार्वजनिक गरिएको छ।
‘पक्राउ परेकाबाट चाइनिज पेस्तोल एक थान, पेस्तोल एक थान, रिभल्वर एक थान, कटुवा पेस्तोल दुई थान, भरूवा बन्दुक २१ थान, बन्दुक एक थान र एयरगन दुई थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ ।’ प्रवक्ताले भने।
पक्राउ परेकाबाट प्रहरीले चाइनिज पेस्तोलको गोली एक राउण्ड, एसएलआरको गोली २६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्डसमेत बरामद गरेको बताएको छ।
अपराध मुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरीले प्रयास गरिरहेको प्रवक्ता काफ्लेको भनाई छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १७:४१ शुक्रबार





