३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

लागुपदार्थ सेवन गरेर बस चलाउने ४ चालक पक्राउ

सवारी जाँच । फाइल तस्बिर

लागुपदार्थ सेवन गरेर सवारी साधन चलाइरहेका ४ जना भाडाबस चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंको सितापाइलास्थित नेपाली सेनाको पेट्रोल पम्प नजिक गरिएको ‘लापसे’ चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरी वृत्त स्वयम्भूको संयुक्त टोलीले चेकजाँच गर्दा ती चालकहरू लागुपदार्थ सेवन गरेर सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए।

नियन्त्रणमा लिइएका चालकहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको जनाएको छ। यस्तो कार्यले चालक मात्र नभई अन्य सडक प्रयोगकर्ताको जीवनसमेत जोखिममा पर्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

कुनै चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेर सवारी चलाएको शंका लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ।

 

प्रकाशित: २८ वैशाख २०८३ २०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App