कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका-६ सुर्खेतका ५३ वर्षीय पुरूषको कोरोना संक्रमणबाट शनिबार राति मृत्यु भएको हो। मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएका पुरूष होम आइसोलेसनमा थिए। उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि कर्णाली प्रदेश अस्पताल कालागाउँको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
अक्सिजन स्याचुरेशन कम रहेको र अक्सिजनसहित अन्य आवश्यक उपचार गरिएपनि बचाउन नसकिएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। स्वास्थ्यमा सुधार नभएर बेहोस भएपछि शनिबार राति ८ बजेर ३७ मिनेटमा उनको निधन भएको कँडेलले बताए।
कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।
प्रकाशित: २१ मंसिर २०७७ ०२:३२ आइतबार