१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

१० किलो चरेशसहित एकजना पक्राउ

१० किलो चरेशसहित बैतडीमा एकजना पक्राउ परेका छन्। बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षीय मानबहादुर धानुकलाई आज चरेससहित प्रहरीले पक्राउ गरेको हो।

धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। उनलाई बिहीबार राती ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको हो।

प्रकाशित: १९ मंसिर २०७७ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App