१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

प्रशासनले रोके पनि कात्तिक पुर्णिमा रामघाटमा भक्तजनहरुको ठुलो भीड

कार्तिक शुक्ल पुर्णिमाका अवसरमा बाणगंगा नदीको रामघाटमा स्नान र पुजाआजा गर्दै श्रद्धालु । तस्बिर: किरणमान/ नागरिक

कोरोना भाइरसले गर्दा मेला लाउन स्थानीय प्रशासनले राके पनि कार्तिक पुर्णिमाका अवसरमा कपिलवसतुको रामघाटमा स्नान गर्न श्रद्धालुहरुको भीड लागेको छ। कोरोना भाईरसकाले गर्दा आईतबार प्रशासन कार्यालयले सुचना जारी गर्दा कार्तिक पुर्णिमामा भीडभाड नगर्न र मेला नलगाउन आग्रह गरेका थियो।कार्तिक शुक्ल पुर्णिमा दिन सोमवार बाणगंगा नदी अन्र्तगत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ। बाणंगा नदीको रामाघाटमा हजारौ श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन। रामघाट मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो। 

मेलाकालागि कपिलवस्तु नगरपालिकाले ठेक्का लगाउने गरे पनि यस बर्ष भने कोरोनाका कारण ठेक्का नलगाइएको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले बताए। भक्तजनहरु यस बर्ष पनि रामघाटमा स्वस्फुर्तरुपमा रामघाटमा आएको उनले बताए। यस बर्ष गत बर्षकोे तुलनामा  भक्तजनको संख्यामा भने कम रहेको उनले बताए। कार्तिक शुक्ल पुर्णिमा दिन जिल्लाको बाणगंगा नदीका बिभिन्न स्थानमा परंपरागत मेला लागेको छ। बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा सोमवार  लागेको मेला भर्न ठुलो संख्यामा श्रद्धालुहरु आएका थिए्। प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व  बाकेको श्रद्धालु भक्तजनहरु बताउछन।  

मेलामा टाढा टाढाबाट भक्तजनहरु आएका थिए। मेलाका लागि आईतवार राति  देखि नै भक्तजनहरु रामघाटमा जम्मा भएका थिए। भक्तजनहरुले रात भरी जाग्रम बसी भजन क्रितन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पुजाआजा गरेका थिए। यस दिन नदीमा स्नान गरी पुुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ। सो अवसरमा सयौ भक्तजनहरुले पुजापाठ गरी गौ दान समेत गरेका थिए।  

त्रेतायगुमा भगवना राम बनवास जानेक्रममा प्यास लागे पछि अर्जुनले बाण हानेर पानी निकालेका थिए। रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाखाहरु बताउछन। गौदान पुजा गराउन यशाधरा गाउपालिकाको  भडेहरबाट आएका बयोबद्ध पुजारी राम गिरीले भगवान रामको बाणद्धारा उत्पत्ति भएको बाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठूलो पुण्यफल मिल्ने बताए। ‘ भगवान राम, सीता र लक्ष्मण नुहाएको नदीमा स्नान गरी गौसहीत अन्नपात दान गर्नाले बैतरणी पार हुन्छ। ’ उनले भने। बावु बाजे पालादेखि लाग्ने यो मेला जिल्ला कै सबैभन्दा पुरानो रहेको उनको दाबी छ। भक्तजनहरु राभभर भजनकिर्तन, पुजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए। यही  अवसरमा कपिलवस्तुका बिद्यलायहरुमा समेत स्थानस्ीय बिदा दिईएको थियो। मेलामा हुन सक्ने बिभिन्न घटनाहरुलाई रोक्न ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचान गरिएको थियो। रामघाटमा लाग्ने मेला स्थलमा पसलहरु भने निकै कम संख्यामा थिए।  

 

 

 

 

प्रकाशित: १५ मंसिर २०७७ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App