२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आफ्नो मर्जीले विवाह गरेको भन्दै माईतीले गर्भवतीलाई 'कुटपीट गरी गायब पारे'

तस्बिरः पुष्पा र दिनेश ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलीरहेका बेला आफ्नो अभिभावको मर्जी बिपरित अदालती प्रकृयाबाट विवाह गरेकी एक गर्भवती युवतीलाई कुटपीट गरी बलजफ्ती आफूसंग लगेर माइती पक्षले गायब गराएको बताइएको छ। युवती पक्षका परिवारले नमाने पनि महराजगंज नगरपालिका–५ कन्चनपुरका २७ वर्षीय दिनेशप्रसाद कुर्मीसंग गत साउन १८ गते अदालती प्रकृयाबाट विवाह भएको थियो। शिवराजन नगरपालिका–१३ बेउवा माइती घर भएकी पुष्पा र दिनेश बीच लामो सयमदेखि प्रेम सम्बन्ध रहेको थियो।  

दिनेश र पुष्पाले गत असार १६ गते मन्दिरमा विवाह समेत गरेका थिए। पुष्पा र दिनेशको प्रेम सम्बन्धको सुरु देखि नै बिपक्षमा रहेका पुष्पाका माईती पक्षका ८/१० जनाले गत मंसिर ७ गते साँझ घरमा कोही नभएको मौका छापेर लछारपछार गरी जबरजस्ती मोटरसाईलमा लगेको प्रत्यक्षदर्शी दिनेशकी भतिजी दिनु चौधरीले बताईन्। ‘गाउँमा पूजा लागेको थियो घरमा म र काकी पुष्पा मात्र थियौ’ दिनुले भनिन्, ‘काकी पुष्पाका माईती पक्षका मान्छेहरुले दुबैलाई लछारपछार गरी पिटे’ उनले भनिन्। लाठी लिएर आएका उनीहरुले आफू र काकीलाई निर्मम कुटपीट गरेको उनले बताईन्।  

जान नमानेकी काकी पुष्पालाई लछारपछार गरी मोटरसाईलमा राखेर जबरजस्ती लगेको उनले बताईन्। कुटपीटबाट दिनुको मुख शरीरका बिभिन्न भागमा चोट समेत लागेका थियो। उनले घटना गराउनेहरु काकी पुष्पाका बुवा काशीराम चौधरी, उमेश चौधरी, शैलेश चौधरीलाई आफूले चिनेको बताईन्। विवाहपछि दुबै जना २ महिना बुटवलमा लुकेर बसेका थिए। बुटवलबाट फर्केर आफ्नो ठूलोबुवाको घर कपिलवस्तु नगरपालिका–९ निग्हिवामा लुकेर बसेका थिए। घरमा भाउजुले बोलाए पछि उनीहरु कार्तिक अन्तिम साता तिर आफ्नो घर गएका थिए।  

घरमा आए पछि पुष्पाले माईती पक्षले धम्काउने गरेको र शान्ति सुरक्षाको माग गर्दै गत कार्तिक १७ गते प्रशासन कार्यालयमा निबेदन समेत दिएका थिए। आफ्नो ४ महिने गर्भवती श्रीमतीलाई बलजफ्ती माईती पक्षका परिवारले लगेर कुटपीट गरेर घरमा राखेको पीडित दिनेशले बताए। ‘हामी दुबै मर्जीले नै मन्दिर र अदालत दुबैबाट विवाह गरेका थियौ तर श्रीमतीको माईती पक्षले यस्तो घटना गरायो’ उनले भने। दिनेशले गैर कानुनीरुपमा आफ्नो श्रीमतीलाई थुनेर राखेको र श्रीमतीलाई उपलब्ध गराई दिन भन्दै ५ जनाविरुद्ध  अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा समेत दिएका छन्।  

काशीराम, राजेश, उमेश, शैलेश र प्रेमविरुद्ध मुद्दा दिएका हुन्। दिनेशले आफ्नी श्रीमतीलाई उपलब्ध गराई कुटपीट गर्नेहरुमाथि कडा कारबाहीको माग गरेका छन्। उता ईलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरीक्षक सुखदेव पौडेलले घटना अदालती प्रकृयामा गएकाले उतै टुंगो लाग्ने बताए।

प्रकाशित: १४ मंसिर २०७७ १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App