थुप्रै मानिस चिन्ता, तनाब, अशान्ता र भयले ग्रस्त छन्। यी समस्याबाट मुक्त हुने उपाय खोज्दै मानिसहरु भौतारिने गरेका छन्। सरल तरिकाबाट समस्यालाईं मुक्त भईं शान्त आनन्दले जिउँन सकिन्छ भनेर जीवन विज्ञान प्रयोगशालाले योग, प्राणायम र ध्यान कार्यक्रम गर्दै आएको छ।
यसै सन्दर्भमा जीवन विज्ञान प्रयोगशालाका संस्थापकमध्ये रमेश नेपालको बिहीबार भर्चुअल माध्यमबाट जन्म उत्सव मनाइएको छ। जन्म उत्सवमा संस्थापक नेपाललाईं मानिसको थप शारीरिक, मानसिक र वैचारिक रुपले पुर्ण स्वास्थ्य बनाउनका लागि थप शसक्त भएर लाग्न स्वदेश तथा विदेशमा रहेका नेपालीले शुभकामना व्यक्त गरे।
जीवन विज्ञान प्रयोगशालाले पछिल्लो समय कोरोना महामारीले गर्दा भचुर्अल माध्यमबाटै योग, ध्यान र प्रणयम गर्ने गरेको छ। रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी देखिएको छ। जसले गर्दा स्वस्थ जीवनशैली अवलम्बन गर्न योग, प्राणयम र ध्यान नियमित गरि रहेको छ।
यसअघि २०७२ सालको महाभूकम्पमा मानसिक रुपमा बिक्षिप्त भएका तथा बिचलित भएकाहरुलाई योग, प्राणायम र ध्यान गराएको थियो।
प्रकाशित: ११ मंसिर २०७७ १३:२९ बिहीबार





