पछिल्लो तीन महिनामा मुलुकभर तीन हजार ३४७ विपद्का घटना भएका छन्। ती विपदबाट १६३ जनाको मृत्यु भएको छ भने ९७२ जना घाइते भएका छन्। विपदबाट चार हजार ४७३ घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि शुक्रबारसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन्। सर्पदंशका कारण ३९ जनाको मृत्यु भएको छ। यस्तै चटयाङ्बाट २५, लोक लागेर २१, आगलागी र जनावरको आक्रणबाट १७/१७, हुरीबतासबाट १३, पहिरोबाट १२, बाढीबाट १० र भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा मात्रै ४५ विपद्का घटनामा परी तीन जनाको मृत्यु तथा २५ जना घाइते भएका छन्। विपदबाट रु १२ लाख २७ हजार बराबरको क्षति भएको प्राधिरणले जनाएको छ।
प्रकाशित: २ श्रावण २०८३ ०६:५० शनिबार





