१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘बालिकाको बलात्कारपछि हत्या’

प्रहरीको गोलीले तीनजना घाइते

महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाबसाह खातुनलाई अपहरणपछि बलात्कार गरी मारेको आरोपमा प्रहरीले अरुणकुमार साहलाई पक्राउ गरेको छ। आक्रोशित स्थानीयले मंगलबार साहको घरमा आगो लगाइदिएका छन्।

साहमाथि आइतबार साँझ उनकै घरमा रहेको पसलमा चक्लेट किन्न गएकी बालिका खातुनलाई अपहरणपछि बलात्कार गरी मारेको आरोप छ। बालिकाको शव पोको पारेर फालेको अवस्थामा झाडीमा भेटिएको प्रहरीले जनाएको छ। बालिकालाई मारेपछि आफ्नो पुख्र्यौली घर गौशाला गएका साहलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो।

बर्दिबास–१४ स्थित सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ विनोद साहको खाली जग्गाको झाडीमा कपडाको पोकोभित्र ती बालिकाको शव भेटिएको थियो। घटनाप्रकृति हेर्दा अपहृत बालिकाको बलात्कारपछि हत्या गरिएको स्थानीयले बताएका छन्। आरोपित साहले बालिकालाई अपहरणपछि बलात्कार गरी मारेको हो वा होइन भन्ने यकिन पोस्टमार्टम रिपोर्टपछि हुने एसपी टीकाबहादुर केसीले बताए। प्रहरी स्रोतका अनुसार बयानमा साहले आरोप स्वीकार गरेका छन्। २५ वर्षीय साह १० दिनअघि कर्तव्य ज्यान मुद्दामा धरौटीमा छुटेका थिए।

प्रदर्शनमा तीनजना घाइते
बालिकालाई अपहरणपछि बलात्कार गरेर मारेको आरोप लागेका साहको बर्दिवासस्थित घरमा आक्रोशित स्थानीयको भिडले आगो लगाइदिएको छ। आगो निभाउन आएको बारुणयन्त्रमा समेत आक्रोशित प्रदर्शनकारीले तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले दोषीमाथि कडा कारबाही माग राखेर अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा तीनजना घाइते भएका छन्। घाइतेमध्येका एक बुद्धिबहादुर न्यौपानेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। बर्दिवास नगरपालिका–१ का न्यौपानेको तिघ्रामामा गोली लागेको बताइएको छ। अन्य घाइते श्याम कार्की र आफताब आलमको अवस्था खतरामुतm रहेको प्रहरीले जनाएको छ। दिउँसो ३ बजे बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइपछि बर्दिवासको तनाव मत्थर भएको थियो। आक्रोशित स्थानीय प्रदर्शनकारीले प्रहरी बिटमा पनि ढुंगामुढा गरेका थिए।

प्रकाशित: १० मंसिर २०७७ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App