७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारको प्रथम राष्ट्रिय सम्मेलन

‘सुदृढ अदालत व्यवस्थापन र न्यायिक सुशासन: हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित न्यायपालिकाका रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारको प्रथम राष्ट्रिय सम्मेलन सोमबार (आज)देखि सुरु हुने भएको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले विद्युतीय माध्यमबाट हुने सो सम्मेलन मंगलबार सम्पन्न हुने सर्वोच्च अदालतले जनाएको छ।

सम्मेलनको उद्घाटन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उद्घाटन गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतले जनाएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायपालिकाका विभिन्न पाँच व्यवस्थापकीय आयाममा कार्यपत्र प्रस्तुत गरी छलफल हुनेछ। सम्मेलनमा उच्च अदालतका रजिस्ट्रार, अन्य अदालत, न्यायाधिकरण, जिल्ला अदालतका रजिस्ट्रार, स्रेस्तेदार, तहसिलदारको अदालत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा नेतृत्वदायी भूमिका रहनेछ। प्रशासकीय नेतृत्वको भूमिका र दायित्व विषयमा देखिएका समस्याको समाधान पत्ता लगाई मार्गनिर्देश गर्ने उद्देश्यले सम्मेलन हुन लागेको आयोजकले जनाएको छ।

न्यायपालिकाको सुधारका प्रयास संस्थागत गर्ने उद्देश्यले गत साउन १ देखि जिल्ला अदालतमा र भदौ १ देखि उच्च अदालतमा फरक मुद्दा व्यवस्थापन पद्धति कार्यान्वयनमा आइसकेको छ। फरक मुद्दा व्यवस्थापन कार्यान्वयनमा रजिस्ट्रार, स्रेस्तेदारको भूमिका महŒवपूर्ण छ। मुलुकी संहिता कार्यान्वयनमासमेत अदालतका प्रशासकीय नेतृत्वको भूमिका रहेको छ। सम्मेलनमा नयाँ कानुन कार्यान्वयनलाई पनि छलफलको विषय बनाउने सर्वोच्चले जनाएको छ। फैसला कार्यान्वयनमा देखिएका समस्या र चुनौती तथा भावी कार्यदिशाका विषयमा कार्यपत्रमाथि छलफल हुनेछ। सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, रजिस्ट्रारहरू, सहरजिस्ट्रार, उच्चका रजिस्ट्रारहरु, विभिन्न न्यायाधिकरणका रजिस्ट्रार, स्रेस्तेदार, जिल्लाका स्रेस्तेदार र तहसिलदारहरूको उपस्थिति रहनेछ।

प्रकाशित: ८ मंसिर २०७७ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App