पछिल्लो २४ घन्टामा १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा ५ हजार ६९९ जना कोरोना संक्रमण मुक्त भएका छन्।
यस्तै, २४ घन्टामा १६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो संख्या कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ।
हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ रहेको छ भने कोरोना मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ छ।
हाल सक्रिय संकमितको संख्या १९ हजार ९६३ रहेको छ।
प्रकाशित: ७ मंसिर २०७७ १०:४६ आइतबार





