१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ। डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। बालकको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ। रासस

प्रकाशित: ६ मंसिर २०७७ १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App