रसुवामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ। केही दिन यता नयाँ संक्रमित नथपिएको र संक्रमितहरू निको हुने क्रम बढेसँगै जिल्लामा संक्रमित घटेका हुन्।
जिल्लामा १ सय ८ जना कोरोना संक्रमित निको भएका छन्। जिल्लामा १ सय १७ जनामा कोरोना संक्रमण भएको थियो। स्वास्थ्य कार्यालय रसुवाका अनुसार हाल जिल्लामा ९ जना संक्रिय संक्रमित रहेका छन्। संक्रमितहरू होम आइसोलेसनमा बसेका छन्।
हालसम्म गोसाइँकुण्ड गाउँपालिकामा १५ जना, आमाछोदिङ्मोमा १, कालिकामा ४५, उत्तरगयामा २८, नौकुण्डका ९ र बाहिरी जिल्लाका १९ जनामा कोरोना पोजेटिभ देखिएको थियो। जसमा गोसाइँकुण्डमा ३, कालिकामा ३ र उत्तरगयामा ३ गरी ९ जना आइसोलेसनमा रहेका छन्।
नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा अहिले कोरोना संक्रमित छैनन्। जिल्लामा हालसम्म १ हजार ५ सय ६८ वटा स्वाव संकलन गरिएकोमा १ हजार ३ सय ९३ नेगेटिभ र १ सय १७ पोजेटिभ आएको थियो । अब २६ वटाको रिर्पोट आउन बाँकी छ।
प्रकाशित: ६ मंसिर २०७७ १०:५१ शनिबार





