१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

रहेनन् नेकपा नेता बोम खड्का

तम्घास

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ। गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको निधन भएको हो। नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति थिए। विसं २०२३ असारमा धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा जन्मिएका खड्का सानैदेखि राजनीतिमा चासो राख्ने व्यक्ति थिए।

उनले विसं २०४१ भन्दा अगाडि नै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा (माले) निकट विद्यार्थीको सङ्गठनमा आबद्ध भई सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनी विसं २०४१ मा नेकपा (माले)को जिल्ला कमिटी सदस्य र विसं २०४९ मा मालेकै जिल्ला कमिटी उपसचिव थिए। त्यसपछि नेकपा एमाले भइसकेपछि सङ्गठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष भएका थिए।

अहिले उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नं २ का इन्चार्जको जिम्मेवारीमा थिए। नेता खड्का जनयुद्धको समयमा पटक–पटक प्रहरीको पक्राउमा परेको, कांग्रेससँगको भीडन्तमा घाइते भएको तथा धेरैपटक यातनाको सामना गरेको नेकपा जिल्ला कमिटी कार्यालय सदस्य कृष्ण सुनारले जानकारी दिए। अहिले भने नेता खड्काले धुर्कोट नयाँगाउँमै कुखुरा तथा टर्कीपालन गर्दै आएका थिए। नेता खड्काका एक छोरा र एक छोरी छन्। 
रासस

प्रकाशित: २ मंसिर २०७७ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App