१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

डेकेन्द्र हत्या अभियोगमा ९ जनाविरुद्ध मुद्दा दर्ता

Image and video hosting by TinyPicगोविन्द केसी/कलेन्द्र सेजुवाल, सुर्खेत, माघ १५- पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालयले ९ जनाविरुद्ध जिल्ला अदालत दैलेखमा सोमबार मुद्दा दर्ता गरेको छ। थापाको ८ वर्षअघि तत्कालिन नेकपा माओवादीका कार्यकर्ताद्वारा विभत्स हत्या गरिएको थिए। पुस १८ गतेदेखी सक्रिय दैलेख प्रहरीले ५ जनालाई हत्या अभियोगमा पक्राउ गरेको २४ दिनपछि अदालतमा मुद्धा दर्ता गरेको हो।

 

जिल्ला अदालत दैलेखमा मुद्धा दर्ता गरिएका माओवादी कार्यकर्ताहरुमा रानीवन-१ का जयबहादुर शाही, द्धारी -१ का लक्षीराम घर्तीमगर, वालुवाटार-९ का निरकबहादुर धर्तीमगर, वालुवाटार -७ का विरबहादुर केसी, द्धारी- ३ का हरिलाल पुन, छिउँडीपुसारकोटका बमबहादुर खड्का, केशवबहादुर खड्का, कट्टीका बमबहादुर खड्का र द्धारीका भक्तीराम लामेछाने रहेका छन्। अझैं ४ जना फरार भएका छन्।

डेकेन्द्र पत्नी लक्ष्मी थापाले २०६५ भदौ १२ स्थानीय माओवादी कार्यकर्ताहरु 'मुक्ति' भनिने कट्टीका बमबहादुर खड्का, छिउडीपुसाकोटका बमबहादुर खड्का, केशव खड्का, द्धारीका लक्षीराम घर्तीविरुद्ध कानुनी कारबाहीको माग गर्दै किटानी जाहेरी दर्ता गरेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्न किटानी जाहेरीमा नाम भएका लक्षीराम धर्तीलाई नियन्त्रणमा लिएपछि अन्य कार्यकर्ताहरुको हत्यामा संलग्न रहेको खुलेको हो। प्रहरीका अनुसार डेकेन्द्र हत्या प्रकरणमा १५ जना संलग्न भएपनि अपहरण र शरिर बन्धक गराउनेहरु ६ जनाको विरुद्ध मुद्धा दर्ता भएको छैन्।

प्रहरीका अनुसार पछि खुलेको अवस्थामा अन्य संलग्नहरुलाई पनि कार्वाही हुने गरि हाललाई ९ जना प्रतिवादी बनाई जिल्ला अदालत दैलेख मुद्धा गरिएको हो। मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १३ को ३ अनुसार सर्वोश्व सहित जन्मकैदको माग गरि मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखको जानकारी दिएको छ। '२४ दिन लामो संर्घषपूर्ण अनुसन्धान टुङ्गाई अदालतसम्म पेश भयो अव त डेकेन्दको परिवारले न्याय पाउँने भए।' अनुसन्धान अधिकृत विनोद शर्माले भने, 'न्याय दिन कानुनी बाटो जा"दा पनि जागिर दाउमा राख्नुपर्ने अवस्था भयो।' 'माघ १७ गतेदेखी सुनुवाई हुने र १९ गते जिल्ला अदालतले फैसला गर्ने तयारी भएको छ,' अदालत स्रोतले भन्यो।

तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी शारदाप्रसाद चौधरी अनुसन्धान अधिकृत विनोद शर्मा र जिल्ला सरकारी वकिल कार्यालय दैलेखका सरकारी वकिल डम्वर काफ्लेले माथिल्लो निकायबाट चर्को दवाव आएपछि मद्दा अदालतसम्म पुर्‍याउन निकै जोखीम मोलेका छन्। बारम्वार मोवाईलमा मुद्धा अगाडी नबढाउन विभिन्न प्रलोभन देखाउने गरेपछि मोवाईल नै अफ गरेर अनसुन्धान तिव्र रुपमा अगाडी बढाएका कारण न्यायलयसम्म मुद्धा पुग्न सफल भएको हो अनुसन्धान अधिकृत शर्माले भने। पस्थलगत रुपमा अनुसन्धान गरी प्रमाणहरु सुरक्षित रहेकोले बाहिर हल्ला भएजस्तौ मुद्दा खुकुलो नहुँने शर्माको भनाई छ।

पुनरावेदन अदालत सुर्खेतले १५ गतेसम्म जिल्ला प्रहरी कार्यालयलाई विपक्षी अनुसन्धात तत्काल गर्न निखित रुपमा परमादेश जारी गरेलगत्तै दैलेखप्रहरीले पनि हत्या प्रकरणलाई मिसन बनाएर काम गरेको थियो। किटानी जाहेरी दिएको ४ वर्षपछि डेकेन्द्रराज थापाको हत्या प्रकरण अदालतसम्म पुगेको हो।

यसअघि पत्रकार हत्या अभियोगमा पक्राउ परेका ५ माओवादी कार्यकता छुटाउन सरकार र एमाओवादी र नेकपा-माओवादीबाट लिखित रुपमै चर्को दवाव दिईएको थियो। प्रधानमन्त्री र महान्यायधिवक्ताले अभियुक्त छोड्न पत्र पठाएपछि दैलेखमा विरोध भएको थियो। दुई हप्तासम्म विरोध प्रदर्शनपछि स्थानिय पत्रकारहरु विस्थापित भएर सुर्खेत आएका छन्। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते अहिलेको द्धारी-१ स्थित नेरानिमाविको कक्षा कोठामा २ दिन यातनापछि हत्या गरेका थिए।

प्रकाशित: १५ माघ २०६९ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App